जेठ ०६, २०८१, आइतबार
               

एक्स-रे गर्दा नांगै पार्न खोज्ने चिकित्सक पक्राउ

नेपाल फ्ल्यास
असार १५, २०७७

ADVERTISEMENT

एक्स-रे गर्ने बाहनामा युवतीलाई नांगै बनाउन खोजेको आरोपमा स्वास्थ्यकर्मी पक्राउ परेका छन् । दाङको एक निजी अस्पतालका ती  चिकित्सक पक्राउ परेका हुन् । 

वडाप्रहरी कार्यालय घोराहीको प्रहरी टोलीले स्थानीय गोर्खा हस्पिटलमा एक्स-रे गर्ने प्राविधिक बबई गाउँपालिका- ५ का २२ वर्षका नवराज डाँगीलाई पक्राउ गरेको हो। 

घोराही लुहासुरस्थित उक्त अस्पतालमा एक्स-रे गर्न गएकी १९ वर्षकी युवतीलाई डाँगीले नाङ्गो बनाई एक्सरे गर्न खोजेको भन्दै आफन्तले प्रहरीमा उजुरी दिएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । 

उक्त घटनाको अनुसन्धानका लागि वडाप्रहरी कार्यालयले डाँगीलाई जिल्ला प्रहरी कार्यालय पठाएको छ ।

युवतीले आफन्तलाई एक्स-रे गराउँदा पूरै शरीर नाङ्गो बनाउँदा रहेछन् है भनेपछि घटना सार्वजनिक भएको हो ।


कस्तो लाग्यो ?

यो पनि