जेठ ०५, २०८१, शनिबार
               

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले निजी क्षेत्रको नियमन गर्ने गरी कानुन बनाइँदैन : प्रधानमन्त्री

नेपाल फ्ल्यास
असार १५, २०७७

ADVERTISEMENT

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रको नियमन अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गर्ने गरी कानुन नबन्ने बताएका छन् ।
राष्ट्रिय सभाबाट सोमबार पास हुने तयारी भइरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीले यस्तो बताएका हुन् । 
 
केही दिनअघि नेकपाकै सांसद र निजी क्षेत्रको व्यापक विरोधपश्चात् राष्ट्रिय सभाबाट पास हुनुपर्ने अख्तियार दुरुपयोग अनुसन्धान (तेस्रो विधेयक) स्थगित भएको थियो । 

नेपाल उद्योग परिसंघ (सीएनआई)को वार्षिक साधारणसभालाई सोमबार भिडियोमार्फत सम्बोधन गर्दै प्रधानमन्त्रीले अहिले निजी क्षेत्रको नियमनका लागि अख्तियार आवश्यक नरहेको पनि स्पष्ट पारेका हुन् । 

प्रधानमन्त्री ओलीले भने, ‘अख्तियार विधेयकमा निजी क्षेत्रको असहमतिबारे म स्पष्टसँग जानकार छु ।’

साथै, उनले सरकारले अख्तियारले निजी क्षेत्रलाई समेत हेर्ने गरी आएको विधेयक अगाडि नबढाउने बताए । 

यसअघि प्रधानमन्त्रीलाई भेटी उद्योगीहरूले सो विधेयक फिर्ता लिन आग्रह गरेका थिए । 
 

यो पनि