जेठ ०६, २०८१, आइतबार
               

कपिलवस्तुमा देखियो ठूलो सलहको झुण्ड

नेपाल फ्ल्यास
असार १५, २०७७

ADVERTISEMENT

कपिलवस्तु। कपिलवस्तुको तीनवटा नगरपालिकामा सलहको ठूला झुण्ड रुपमा फेला परेको छ  ।

बुद्धभूमि, शिवराज र कपिलवस्तु नगरपालिकाको जंगलमा सलहको ठूला झुण्ड देखा परेको प्लान्ट क्वारेन्टाइन  तथा विषादी व्यवस्थापन केन्द्रका प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिए ।

आइतबार करिब ८ देखि १० लाखभन्दा धेरै संख्याको सलहको झुण्ड कपिलवस्तुमा प्रवेश गरेको विषादी व्यवस्थापन केन्द्रको अनुमान छ । उक्त नयाँ समूह जंगलमा बसेको प्रवक्ता सुवेदीले बताए ।

करिब २० घण्टासम्म एकै ठाउँमा बसेको सलहको  झुण्ड नेपालमा भेटिएकोमध्ये सबैभन्दा ठूलो भएको सुवेदीले दाबी गरे ।

नेपालमा शनिबारदेखि सलहको झुण्ड नेपालका प्रवेश गर्ने गरेको थियो । सरकारले भारतका विभिन्न भागमा बालीनाली नष्ट गर्दै आएका सलह साना-साना झुण्डमा छुट्टिएर नेपाल प्रवेश गरेको बताउँदै आएको छ । 

अहिले ठूलो झुण्डमा  सलह नेपाल आउन थालेको पाइएको छ।


कस्तो लाग्यो ?

यो पनि