जेठ ०५, २०८१, शनिबार
               

अख्तियार दुरुपयोग अनुसन्धान आयोग विधेयक राष्ट्रिय सभाको बैठकबाट पास गर्ने तयारी

नेपाल फ्ल्यास
असार १५, २०७७

ADVERTISEMENT

काठमाडौं । यसअघि निजी क्षेत्रलाई पनि हेर्ने गरी पास हुन लागेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो विधेयक) आज राष्ट्रिय सभाको बैठकमा पेस हुने भएको छ । 

यसअघि सत्तारुढ दल र नेकपाले नै तत्काल अगाडि नबढाउने भनेको यो विधेयक र   भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक २०७६ विधेयक २०७६ प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा परेका हुन् । 

यसअघि अख्तियार दुरुपयोग अनुसन्धान विधेयक (तेस्रो विधेयक) सत्तारुढ दल नेकपा र निजी क्षेत्रको विरोधका कारण राष्ट्रिय सभामा पेस हुन सकेको थिएन । 

तर, सोमबार सो विधेयक पारित हुने गरी राष्ट्रिय सभामा पेस गरिँदै छ । 

त्यसैगरी, संघीय संसदले सोमबारका लागि सम्भावित कार्यसूचीमा संघ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक २०७५ माथि प्रतिनिधि सभाबाट भएको संशोधनउपर विचार गरियोस् भन्ने प्रस्ताव रहेको जानकारी दिएको छ । 

यो पनि