जेठ ०५, २०८१, शनिबार
               

रक्सीले मातेर हेलम्बु एफएममा आक्रमण, सेवा ठप्प

नेपाल फ्ल्यास
असार १५, २०७७

ADVERTISEMENT

मेलम्ची । सिन्धुपाल्चोक जिल्लाबाट प्रसारण भइरहेको हेलम्बु एफएमको स्टेशनमा गए राति आक्रमण भएको छ । स्थानीय एक युवाले मादक पदार्थ सेवन गरी राति करिब पौने ९ बजे आक्रमण गरी कार्यालयमा क्षति पुर्याएका हुन् ।

चौतारा साँगाचोकगढी नगरपालिका–५ का भोजबहादुर थापामगरले मादक पदार्थ सेवन गरी तथानाम गालीगलौज गर्दै एफएमको कार्यालयमा बञ्चरो प्रहार गरेर ढोका तथा झ्यालका सिसा तोडफोड गरी कार्यालयमा क्षति पुर्याएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।

प्रहरीले घटनामा संलग्न थापामगरको खोजी गरिरहेको र घटनास्थलबाट एक थान बञ्चरोसमेत बरामद गरेको जनाएको छ । रेडियो सञ्चालनको लागि उपयुक्त वातावरण नबनेसम्म केही दिनका लागि प्रसारण सेवा बन्द गरिने स्टेशन प्रमुख ङेम्लिङ लामाले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि