जेठ ०५, २०८१, शनिबार
               

दाङमा टिमुर वर्ष

नेपाल फ्ल्यास
असार १४, २०७७

ADVERTISEMENT

राष्ट्रिय वृक्षरोपण वर्षका अवसरमा दाङमा टिमुर रोप्ने अभियान सुरु गरिएको छ । दाङमा साढे चार लाख बिरुवा रोप्ने तयारी हुँदा टिमुरा मात्रै एक लाख बिरुवा रोप्न लागिएको डिभिजन वन कार्यालय दाङले जनाएको छ ।

फलफूलबाहेक अधिकांश बिरुवा दाङमै उत्पादन गरिएको कार्यालयका प्रमुख दीपक ज्ञवालीले जानकारी दिए । उनका अनुसार यस वर्ष दाङमा टिमुर वर्षका रुपमा वृक्षरोपण गरिँदैछ । दाङका पहाडी भेगमा लक्ष्य गरी एक लाख टिमुरका बिरुवा यस वर्ष रोपिँदैछ । आज मात्रै तुलसीपुर उपमहानगरपालिका वडा न ३ मा एक हजार टिमुरका बिरुवा रोपिएको छ । 

रोजगारी र आत्मनिर्भरतालाई ध्यान दिएर किसानको बारीमै टिमुर रोप्न थालिएको छ । “पहिले जङ्गल क्षेत्रमा टिमुर लगाइन्थ्यो, अब जनताकै बारीमा जनताकै स्वामित्वमा हुने गरी टिमुर लगाइँदैछ”, ज्ञवालीले भने । प्रतिकिलो एक हजार रुपैयाँमा बेच्न सकिने टिमुर खेतीबाट समृद्धिको जग बसाउन सकिने  अनुमान गरिएको ज्ञवालीले बताए । 

किसानले खाल्डा खनेपछि बारीमै बिरुवा पुर्‍याइने गरेको जानकारी दिंँदै उनले एकै  किसानले ४० रोपनीसम्ममा टिमुर लगाउने बताए । एउटै किसानले छ हजारसम्म खाल्डा खनेकाले बिरुवा पुर्‍याउन धौधो हुने देखिएको छ  । 

दाङमा यस वर्ष लगाइएका एक लाख बिरुवाले तीन वर्षपछि निकै राम्रो परिणाम दिने विश्वास गरिएको छ । तीन वर्षमा फल्न शुरु गर्ने टिमुर पन्ध्र वर्षसम्म टिप्न मिल्छ । 


कस्तो लाग्यो ?

यो पनि