जेठ ०५, २०८१, शनिबार
               

सलह कीरा नियन्त्रण गर्न कार्ययोजना तयार

नेपाल फ्ल्यास
असार १४, २०७७

ADVERTISEMENT

काठमाडाैं । प्रदेश नं २ सरकारले सलह कीराका कारण अन्नबालीमा हुने नोक्सानबाट जोगिन र सो कीरालाई नियन्त्रणका लागि कार्ययोजना तयार गरेको छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा विमल निर्मलको नेतृत्वमा तेलबाली अनुसन्धान केन्द्र सर्लाहीका प्रमुख विशेश्वर यादव, प्रदेशका कृषि विकास निर्देशनालय र पशुपक्षी तथा मत्स्यविकास निर्देशनालयका निर्देशकसहितको टोली स्थलगत अवलोकन तथा निरीक्षण गरी नियन्त्रणका उपायबारे किसानसँग अन्तक्रिया गरी कार्ययोजना तयार गरेको हो ।

भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्र साहले विज्ञप्ति जारी गर्दै सलह कीरा नियन्त्रण गरी बालीनालीको क्षति रोक्न हरसम्भव मद्दत गर्ने प्रतिबद्धता प्रकट गरे । यस प्रदेशको सर्लाही, बारा र पर्सामा शनिबार भारतबाट सलह कीरा प्रवेश गरेको हो । 

हावाको दिशा अहिले दक्षिणबाट उत्तरतर्फ भएकाले सलह कीराकोे नेपाल प्रवेश भएको देखिएको छ । शनिबार बिहान ८ः०० बजे प्रवेश गरेको भनिएको यो कीराको उपस्थिति साँझमा समेत देखिएको जानकारी प्राप्त भएको छ । अहिले कीराको सङ्ख्या, फैलावट र क्षतिबारे यकिन गर्न नसकिए पनि यसको उपस्थिति न्यून रहेको छ ।
  
प्रदेश नं २ मा मनसुन शुरु भइसकेकाले यसको थप प्रवेश र फैलावट कम हुने विश्वास गरिएको छ । कीरालाई बालीनाली र रुखबिरुवा भएका क्षेत्रबाट धपाएर चरण क्षेत्रमा पठाउन सकिए क्षति न्यूनीकरण गर्न सकिने हुँदा कीरालाई धपाउन थाल, ड्रम आदि ठटाउने जस्ता उपायका साथै विषादी छर्कनसमेत किसानलाई मन्त्री साहले आह्वान गरे । 


कस्तो लाग्यो ?

यो पनि