जेठ ०५, २०८१, शनिबार
               

जङ्गली जनावरबाट बस्ती बचाउन विद्युतीय तार जडान प्रारम्भ

नेपाल फ्ल्यास
असार १४, २०७७

ADVERTISEMENT

काठमाडाैं । जङ्गली जनावरबाट जोगाउन मकवानपुरको मनोहरी गाउँपालिका वडा नं ७ को रमोली बस्तीमा ३८ लाखको लागतमा विद्युतीय तार जडान कार्य सुरु गरिएको छ ।  

पर्सा राष्ट्रिय निकुञ्जको  ३८ लाखको लगानीमा करिब छ किलोमिटरको दूरीमा विद्युतीय तार लगाउने कार्य सुरु गरिएको हो । जङ्गली जनावर बस्तीमा पसेर तरकारी, फलफूल नष्ट  गर्नाका साथै मानवीय एवं भौतिक क्षति पुर्‍याउने गरेको हुँदा त्यसलाई रोक्न विद्युतीय तार लगाउने कार्य सरु गरिएको  गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिए । 

गाउँपालिका क्षेत्रमा पर्सा राष्ट्रिय निकुञ्जबाट आउने  हात्ती, गैँडा, बाँदरलगायतका जनावरले वर्षेनी क्षति  पुर्‍याएकाले  तार लगाउने काम सुरु भएको गाउँपालिका अध्यक्ष उप्रेतीको भनाइ छ ।

गत वर्ष पनि जङ्गली जनावरको आक्रमणमा परी त्यहाँ दुईजनाको मृत्यु भएको थियो । विद्युतीय तार लगाउँदा जनावार नमर्ने, तर विद्युतीय झट्का लागेर तारबार पार गर्न नसकिने उनकाे भनाइ छ । 
 
गाउँपालिकाको वडा नं १ देखि ५ सम्म पनि जङ्गली जनावरको अत्यन्त जोखिम रहेको पर्सा राष्ट्रिय निकुञ्जले त्यहाँ पनि विद्युतीय तार लगाउन पहल गर्ने गाउँपालिकाले जनाएको छ ।  


कस्तो लाग्यो ?

यो पनि