जेठ ०५, २०८१, शनिबार
               

सलह किरा नियन्त्रणका लागि रकम उपलब्ध गराउन स्थानीय तहलाई सुदूरपश्चिम प्रदेशको निर्देशन

नेपाल फ्ल्यास
असार १४, २०७७

ADVERTISEMENT

काठमाडौं । भारत हुँदै नेपाल प्रवेश गरेको सलह किरा काठमाडौंसम्म आइपुगेको छ । 

यस विषयमा राष्ट्रिय बालीविज्ञहरु के गर्ने भनी बैठक गरिरहेका बेला सो किरा नेपालका प्रमुख सहर मानिने पोखरा र काठमाडौंमै देखिएका छन् । 

सो किराबारे राष्ट्रिय चासो भइरहेका बेला सुदूरपश्चिम प्रदेश सरकारले भने एक किलो सलह किरा मारेर ल्याउने व्यक्तिलाई प्रति किलो २५ रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ । 

सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता खगेन्द्र प्रसाद शर्माले आइतबार यस्तो निर्णय गरिएको बताए । 

उनले भने, ‘अहिलेसम्म सुदूरपश्चिम प्रदेशमा सहलको प्रभाव परेको छैन । तर, भइहालेमा त्यसलाई मारेर ल्याउनेलाई प्रतिकिलो २५ रुपैयाँ दिने निर्णय गरेका छौँ ।’

यसका अलवा सो प्रदेशले मन्त्रालयले कृषि विकास निर्देशनालयको नेतृत्वमा तीव्र उद्धार समितिसमेत गठन गरेको छ । 

सलह किरा नियन्त्रणका लागि सुदूरपश्चिम प्रदेशले ८८ वटै स्थानीय तहलाई रकम उपलब्ध गराउन निर्देशन पनि दिइएको बताइएको छ । 
यसअघि प्रदेश ५ ले पनि एक किलो सलह समाते २० रुपैयाँ दिने निर्णय गरेको थियो ।


कस्तो लाग्यो ?

यो पनि