जेठ ०५, २०८१, शनिबार
               

प्रदेश सभाको बैठक स्थगित

नेपाल फ्ल्यास
असार १४, २०७७

ADVERTISEMENT

धनगढी । आज दिउँसो ३ बजेका लागि बस्ने भनिएको  सुदूरपश्चिम प्रदेश सभा बैठक स्थगित भएको छ । सचिवालले सूचना टाँस गर्दै बैठक स्थगितको जानकारी गराएको हो ।

प्रदेशसभाका सचिव राम धामीले सभामुखको आदेश अनुसार आज दिउँसो बस्ने भनिएको बैठक सूचना टाँसेर स्थगित गरिएको बताए । अर्को बैठक मंगलबार दिउँसो ३ बजे तोकिएको छ।

प्रदेश सरकारले असार १ गते ल्याएको बजेटमाथि छलफल गर्न असार १० गते बोलाइएको बैठक प्रतिपक्षको अवरोधपछि स्थगित भएको थियो।

असार १२ गतेका लागि बोलाइएको बैठक समेत प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीले अवरोध जनाएपछि स्थगित भएको थियो ।


कस्तो लाग्यो ?

यो पनि