जेठ ०५, २०८१, शनिबार
               

तीन दिनदेखि लगातार वर्षा : जनकपुर जलमग्‍न

नेपाल फ्ल्यास
असार १४, २०७७

ADVERTISEMENT

धनुषा । विगत तीन दिनदेखिको वर्षाले जनकपुरधामको विभिन्‍न स्थानमा पानी जमेको छ । जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर–४, ७, ९, २३ लगायतका अधिकांश घरहरुमा पानी प्रवेश गरेको छ । लगातारको वर्षाले सड़कमा करिब १ फिटसम्म पानी जमेपछि सर्वसाधारणलाई समस्या भएको छ ।

लगातारको वर्षाले जनकपुरधाम स्थित रहेको सरकारी कार्यालयहरु राष्ट्रिय समाचार समिति, आन्तरिक राजश्व कार्यालय, हुलाक कार्यालय, परिवार नियोजन संघ, महिला विकास केन्द्र, वन निर्देशनालय लगायतका परिसर जलमग्न भएको छ ।

त्यस्तै, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रदेशसभा भवन, प्रादेशिक अस्पताल, रेडक्रस सोसाइटी, बाह्रविघा मैदान, रामानन्दचोक लगायतका स्थानहरु समेत पानी जम्मा भएको छ ।

वर्षाको सुरुकै अवस्थमा पानी जम्मा भएपछि आगामी दिनमा थप जनजिवन प्रभावित हुने भएको छ ।


 


कस्तो लाग्यो ?

यो पनि