जेठ ०६, २०८१, आइतबार
               

शुक्रबार नेपाल प्रवेश गरेको सलह पोखरामा

नेपाल फ्ल्यास
असार १४, २०७७

ADVERTISEMENT

काठमाडौं । शुक्रबार मात्रै नेपाल प्रवेश गरेको सलह कीरा आइतबार बिहानसम्म कास्कीको पोखरा र महतगौंडा र लमजुङमा पनि देखिएको छ । 

गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले बिहान कास्कीको महतगौंडा र लमजुङको सुन्दरबजारमा सलह देखिएको बताएको छ ।  

महतगौंडाका किसानले सलह देखिएको भन्दै आइतबार बिहान पोखरा महानगरपालिकामा जानकारी गराएको बताइएको छ । 
सो सलह पाल्पा हुँदै पोखरा आइपुगेको बताइएको छ । 

यो कीरा राति र पानी परेका बेला निष्क्रिय हुने बताइएको छ । 

बाली संरक्षण विज्ञ तथा कृषि विभागका पूर्वमहानिर्देशक डिल्लीराम शर्माले सो कीराले नेपालमा अन्डा पार्न सक्ने सम्भावना न्यून रहेको बताएका छन् । 

यसका अलवा उनले सो कीराले अन्डा पार्न भारतको राजस्थानै पुग्नुपर्ने बताएका छन् । 

उनले भने, विषादी प्रयोग गरेर थाल, स्पिकर, टिन बजाएर र धुवालगायत काम गरेर सलह कीराको नियन्त्रण गर्न सकिन्छ,’ उनले भने, ‘मनसुनमा पूर्वबाट पश्चितमतिर हावा चल्ने भएकाले नेपाल नआउने प्रक्षेपण गरिएको थियो, तर गत बिहीबार र शुक्रबार उत्तरबाट दक्षिण र पश्चिमबाट पूर्वतिर हावा चल्यो । त्यसले भारतबाट सानो–सानो समूहमा छुट्टिएर सलहको हूल नेपाल प्रवेश गरेको हो ।’ 


कस्तो लाग्यो ?

यो पनि