जेठ ०६, २०८१, आइतबार
               

कृषि मन्त्रालयले भन्यो, 'नआत्तिनुस्, सलहको बथान सानो छ'

नेपाल फ्ल्यास
असार १४, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालमा शनिबार सलह किरा भित्रिएको छ । 

बाराको निजगढ तथा सिमरा र सर्लाहीको नवलपुरमा सलह देखिएको किरा रूपन्देही, कपिलवस्तु, मकवानपुरका साथै धादिङमा समेत भेटिएको छ । 

यसैबीच, भारतमा सलह किराको ठूलो बथान सक्रिय भएकाले त्यसको गतिविधिमा निगरानी गर्न नेपाल सरकारले संयुक्त राष्ट्र संघ र भारतीय अधिकारीहरुसँग समन्वय गर्ने भएको छ ।

किरा नियन्त्रणबारे कृषि मन्त्रालयमा आइतबार  विज्ञहरुसँगको छलफलपछि कृषिमन्त्री घनश्याम भुसालले यो जानकारी दिएका हुन् ।

विज्ञहरुले भारतको राजस्थानबाट सलह किरा अझै ठूलो समूहमा नेपाल आउने सम्भावना देखिएको जानकारी गराएका थिए । 

बुटवलमा शनिबार देखिएको सलह किरा ।

विज्ञहरुको भनाइ सुनिसकेपछि मन्त्री भुसालले सलहको सो बथान नेपाल आउँछ कि आउँदैन भनेर भारतको कृषि मन्त्रालयका अधिकारीहरु र संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनका अधिकारीहरुसँग समन्वय गरेर ट्र्याकिङ गर्ने बताए ।

हालसम्म नेपालमा देखिएको सलह किराको बथान सानो रहेको र यसले धेरै क्षति नपुर्याएको भन्दै कृषि मन्त्रालयले किसानहरुलाई नआत्तिन आग्रह गरेको छ ।

बुटवलमा शनिबार सिमीको पातमा देखिएको सलह किरा ।

सलह देखिएको जिल्ला, यसले पुर्‍याएको क्षति, सलहको सम्भावित यात्रालगायतका विषयमा मन्त्रालयले आइतबार बेलुका पत्रकार सम्मेलन गरेर जानकारी दिने भएको छ ।

बुटवलमा शनिबार सयपत्री फूलमा देखिएको सलह किरा ।


कस्तो लाग्यो ?

यो पनि