जेठ ०६, २०८१, आइतबार
               

रासस कार्यालय डुबानमा, समाचार सम्प्रेषणमा कठीनाई

नेपाल फ्ल्यास
असार १४, २०७७

ADVERTISEMENT

जनकपुरधाम । अविरल वर्षाका कारण राष्ट्रिय समाचार समिति प्रदेश नं २ कार्यालय जनकपुरधाम डुबानमा परेको छ । डुबानका कारण समितिको समाचार सम्प्रेषणको कार्यसमेत कठीनाई छ । 

जनकपुरधाम उपमहानगरपालिकाले निर्माण गरेको ढलमा निकासका समस्याका कारण सो अवस्था उत्पन्न भएको हो ।

पानी निकास हुन नपाई आन्तरिक राजश्व कार्यालय, हुलाक कार्यालय, परिवार नियोजन संघ, महिला विकास केन्द्र र वन निर्देशनालय लगायतका परिसर जलमग्न भएका छन् । सडकमा कालोपत्र र पेटी निर्माणका क्रममा ढलमा इँट्टा, गिट्टी र बालुवा पसेका कारण पानीको निकास अवरूद्ध भएको छ । - रासस


कस्तो लाग्यो ?

यो पनि