काठमाडौं । आज पनि देशैभर वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानु महाशाखाले जनाएको छ । महाशाखाका अनुसार विभिन्न स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको छ ।
अहिले बिहान पनि देशभरका केही स्थानमा वर्षा भई नै रहेको छ भने दिउँसो धेरै ठाउँमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश नम्बर १, २, बागमती, गण्डकी र प्रदेश नम्बर ५ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्को भनाइ छ ।
यस्तै, राति पनि देशका धेरै स्थानमा वर्षा जारी रहने र प्रदेश १, प्रदेश ५ तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले आइतबार बिहान जारी गरेको मौसमी बुलेटिनमा उल्लेख छ । जानकारी अनुसार अझै तीन दिन वर्षा रोकिने छैन । मंगलबारसम्म देशभर हल्कादेखि भारीसम्म वर्षा जारी रहनेछ ।