बैशाख २३, २०८१, आइतबार
               

होम क्वारेन्टाइनमा मृत्यु भएकी बालिकाको रिपोर्ट नेगेटिभ

नेपाल फ्ल्यास
असार १३, २०७७

ADVERTISEMENT

काठमाडाैं । होम क्वारेन्टाइनमा मृत्यु भएकी बालिकाको रिपोर्ट नेगेटिभ आएको छ । 

प्युठानको झिमरुक गाउँपालिका वडा नं २ स्थित होम क्वारेन्टाइनमा मृत्यु भएकी बालिकाको पिसिआर रिपोर्ट नेगेटिभ आएको हो  ।  

प्रदेश जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा कोरोना जाँच गर्दा ११ वर्षीया बालिकाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय प्युठानका सूचना अधिकारी एवं कोभिड –१९ का फोकल पर्सन पुष्कल पर्सनले बताए । 

गत जेठ २१ गते भारतबाट आई वडा नं २ स्थित सर्वोदय माध्यमिक विद्यालयको क्वारेन्टाइनमा १४ दिन बसेकी उनको आरडिटी  गरिएको थियो । 

उनको मृत्युपछि पिसिआर जाँचका लागि स्वाब पठाइएको थियो  ।  बालिका मिर्गाैला र रक्त अर्बुदरोगको बिरामी थिइन् ।


कस्तो लाग्यो ?

यो पनि