बैशाख २३, २०८१, आइतबार
               

भाइरस रिमुभिङ कार्डले मुटु, फोक्सोमा असर गर्ने स्वास्थ्य मन्त्रालयको भनाइ

नेपाल फ्ल्यास
असार १३, २०७७

ADVERTISEMENT

काठमाडाैं । स्वास्थ्य मन्त्रालयले भाइरस रिमुभिङ कार्डले मानिसलाई कोरोना भाइरसबाट बचाउउनुको सट्टा उल्टै असर गर्ने बताएको छ । 

मन्त्रालयले भन्यो, 'यसले कोरोना भाइरसबाट मानिसलाई बचाउनुको सट्टा उल्टै मुटु, फोक्सोलगायत अंगमा असर गर्छ ।’

शनिबार स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता गौतमले यस्तो बताएका हुन्  ।

मन्त्रालयका प्रवक्ता डा. जोगेश्वर गौतमले भने, ‘भाइरस रिमुभिङ कार्ड पत्ता लागेको छैन । यस्तो विधि भएको भए संसारभर यस्तो कठिनाई हुँदैन थियो होला ।’

बुधबारदेखि सुरु भएको नेकपाको स्थायी कमिटीको बैठकमा सो कार्ड बाँडेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले स्थायी कमिटी सदस्यलाई ‘भाइरस ब्लकर डिसइन्फेक्सन कार्ड’ बाँडिएको थियो ।  

यसलाई नेकपा नेताहरुले कोरोना जन्तर भन्दै घाँटीमा भिरेर हिँडेका थिए ।

पछिल्लो सयम नेकपा कमिटीमा बाँडियएको सो कार्डलाई धामीले दिएको जन्तरका रुपमा लिई व्यंग्य हुँदै आएको छ । 


कस्तो लाग्यो ?

यो पनि