बैशाख २३, २०८१, आइतबार
               

महोत्तरीमा विषालु सर्पको टोकाइबाट बालिकाको मृत्यु

नेपाल फ्ल्यास
असार १३, २०७७

ADVERTISEMENT

महोत्तरीको बर्दिवासमा विषालु सर्पको डसाइबाट एक बालिकाको मृत्यु भएको छ ।

बर्दिवास ३ कालापानीका सन्तोष खत्रीकी चार वर्षीया छोरीको शुक्रबार साँझ विषालु सर्पले डसेर मृत्यु भएको वडाध्यक्ष राजन ढुंगानाले जानकारी दिए ।

उनलाई बर्दिवास–३ गौरिडाडामा सर्पले टोकेको आफन्तले बताएका छन् । बर्दिवास–३ गौरीडाँडामा स्थानीयको सहभागितामा सर्पदंश उपचार केन्द्र सञ्चालन गरिएको भए पनि उपचार प्रभावकारी नहुँदा बर्सेनि धेरै सर्पदंशका बिरामीले अकालमै ज्यान गुमाउँदै आएका छन् ।


कस्तो लाग्यो ?

यो पनि