बझाङ । जयपृथ्वी राजमार्ग चार दिनदेखि अवरुद्ध भएको छ ।
केदारस्युँ गाउँपालिकाको नारुगौडा खण्डमा आएको पहिरोले सडक भत्किँदा यातायात अवरुद्ध भएको हो ।
योसँगै बझाङ सडक सञ्जालबाट वञ्चित भएको छ । यो राजमार्ग बझङलाई जोड्ने एक मात्र राजमार्ग हो ।
जसका कारण बझाङवासी समस्यामा परेका छन् ।