बैशाख २३, २०८१, आइतबार
               

६६ वर्ष पुरानाे जगदम्बा प्रेस बन्द

नेपाल फ्ल्यास
असार १३, २०७७

ADVERTISEMENT

काठमाडौं । देशकै अग्रणी छापाखानामध्येको एक जगदम्बा प्रेस बन्द भएको छ । ६६ वर्ष पुरानो जगदम्बा प्रेस औपचारिक रुपमा बन्द भएको हो । त्यहाँ कार्यरत ४० जनाको हाराहारीमा रहेका कर्मचारीहरुलाई असारसम्मकै तलब दिनेगरी हाललाई उपदान दिएर बिदा गरिएको हाे ।

वैशाखको पहिलो साता नै सञ्चालक कनकमणि दीक्षितले जगदम्बा प्रेसको हात्तीवन कार्यालयमा कर्मचारीहरुलाई बोलाएर छापाखाना बन्दको घोषणा गरेका थिए ।

नेपालकै पुरानो मध्येको यो प्रेस अहिले बिक्रीमा चढाइएको छ। झण्डै १० वर्षदेखि घाटामा चलिरहेकोले कम्पनी बन्द गर्नुपर्ने अवस्था आएको सञ्चालक दीक्षितले बताएका छन् ।

६६ वर्षअघि कमलमणि दीक्षितले जगदम्बा प्रेस सञ्चालनमा ल्याएका थिए । इतिहासकार तथा भाषाविद् स्वर्गीय दीक्षितले सन् १९५४ दरबार र आफ्नो घरमा काम गर्ने व्यक्तिका सन्तानहरुलाई काम मिलोस् भन्ने ध्येयले प्रेस खोलेका बताइन्छ ।

रानी जगदम्बाकुमारीदेवी राणाको नाम राखेर त्यसताका लिथोछपाइ विधिबाट थालिएको ‘जगदम्बा प्रेस’ अफसेट प्रिन्टिङमा पनि नेपालको पायोनियर मानिन्छ ।

सञ्चालन खर्चसमेत उठाउन नसकेर बन्द गर्नुपर्ने अवस्था आउनुले नेपालमा प्रिन्टिङ प्रेसको भविष्यप्रति शंका उब्जिएको छ ।


कस्तो लाग्यो ?

यो पनि