जेठ ०६, २०८१, आइतबार
               

सडक हरियाली बनाउन वृक्षरोपण सुरु

नेपाल फ्ल्यास
असार १३, २०७७

ADVERTISEMENT

वातावरण संरक्षण गरी हरियाली कायम गर्ने उद्देश्यले काठमाडौं महानगरपालिकामा वृक्षरोपण सुरु भएको छ । शनिबार सडकको दायाँबायाँ पेटीमा वृक्षरोपण गर्दै सुरुवात गरिएको हो । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ प्रदेश निर्वाचन नम्बर १को वडा नम्बर २, ४ र ५ को सडक पेटीमा वृक्षरोपण गरिनेछ । हरियाली प्रवर्द्धन उपभोक्ता समितिले कार्यक्रम आयोजना गरेको हो ।

प्रदेश सांसद नारायण सिलवालको पहलमा प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रम २०७६/७७  अन्तर्गत काठमाडौंमा हरियाली प्रवर्धन गर्न यो योजना ल्याइएको हो ।

शनिवार सुरु वृक्षरोपण कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीपत्नी राधिका शाक्य, नेकपा केन्द्रीय सदस्य तथा प्रदेश सांसद नारायण सिलवाल, प्रदेश सांसद सीता अधिकारी दाहाल, नेकपा केन्द्रीय सदस्य हिमाल शर्मा, संविधानसभा सदस्य रत्न गुरुडको सहभागिता थियो । काठमाडौं २, ४ र ५ का वडाध्यक्षह राजेन्द्र श्रेष्ठ, मोहन विष्ट र रमेश डंङ्गोलले पनि वृक्षरोपण गरेका थिए । सामाजिक दूरी कायम गर्दै भएको वृक्षरोपणमा वडा सदस्य, स्थानीय, समाजसेवीलगायतको उपस्थिति थियो ।

कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा प्रदेश सांसद सिलवालले वृक्षरोपण गरिएकोमा खुसी व्यक्त गर्दै सम्पूर्ण सहभागीलाई धन्यवाद व्यक्त गरे । काठमाडौंको सडक हरियाली बनाउने आफूहरूको योजना रहेको उनले सुनाए । 

 


कस्तो लाग्यो ?

यो पनि