बैशाख २३, २०८१, आइतबार
               

भारतबाट नेपाल छिर्‍यो सलह

नेपाल फ्ल्यास
असार १३, २०७७

ADVERTISEMENT

बारा । सलहको एउटा सानो झुण्ड भारत हुँदै नेपाल छिरेको छ । बारा र सर्लाही जिल्लामा सलहको एक झुण्ड देखिएको स्थानीयले बताएका छन् ।

बारा जिल्लाको निजगढ, डमरवाना, पिलुवा र मनहरवामा सलहको समूह देखिएको स्थानीयले बताएका छन् ।

सलहको यो समूह भारतको बिहार हुँदै नेपाल प्रवेश गरेको हो । तर कति ठूलो समूहमा सलह नेपाल आएको हो भन्ने बारेमा पूर्ण जानकारी आइसकेको छैन।

यी सलहहरु हरियाली भएका खेत बारीमा छपक्कै बस्ने र मानिसको चहलपहल हुनासाथ उड्ने (निकै चलाख प्रकृतिको) रहेको निजगढका स्थानीयले बताएका छन् । 

यसबाट भएको क्षतिबारे केही खुल्न सकेको छैन । 

अफ्रिकाबाट पाकिस्तान हुँदै भारत आइपुगेको सलह नेपालको बारा जिल्लामा देखिएको विषय बारे कृषि मन्त्रालयले थप अध्ययन गरिरहेको छ ।

सलह ठूला–ठूला फट्याङ्ग्राहरूको विशाल बथान हो । यसले सबैखाले अन्न तथा नगदे बालीलाई छिनभरमै सखाप पार्ने गर्छ ।

हावाको दिशा पछ्याएर १ सय ३० किमी प्रतिघण्टासम्मको गतिमा समूह बनाएर उड्ने यी किराको बथानमामा ४ देखि ८ करोड सम्मको संख्या हुने विज्ञहरुको भनाई छ ।

यो समूहले एकै दिन ३५ हजार मानिसले खाने बराबरको अन्न नष्ट गर्ने वैज्ञानिकहरू बताउँछन् ।


कस्तो लाग्यो ?

यो पनि