जेठ ०६, २०८१, आइतबार
               

भारतबाट राजस्व छलेर ल्याएको लाखौँ रुपैयाँको सामान नियन्त्रण

नेपाल फ्ल्यास
असार १३, २०७७

ADVERTISEMENT

काठमाडौं । भारतबाट राजस्व छलेर ल्याउँदै गरेको  लाखौँ रुपैयाँको किराना पसलको सामान र कपडा सशस्त्र प्रहरीले बरामद गरेको छ ।

शुक्रबार साँझ कञ्चनपुरको भीमदत्त नगरपालिकाबाट सशस्त्र प्रहरीले एक लाख आठ हजार ६०० रुपैयाँ बरारवरको किरानाको सामान र कपडा नियन्त्रणमा लिएर गड्डाचौकी  भन्सारमा बुझाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ५६ गुल्म हेडक्वाटर कञ्चनपुरबाट सशस्त्र प्रहरीकाे टोलीले उक्त सामान नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाएको कञ्चनपुर प्रहरीले जनाएको छ ।  
 


कस्तो लाग्यो ?

यो पनि