बैशाख २०, २०८१, बिहीबार
               

आफ्नो लागि सिमकार्ड लिन सम्बन्धित व्यक्ति आफै जान पर्ने

नेपाल फ्ल्यास
असार १३, २०७७

ADVERTISEMENT

काठमाडौं । अबबाट आफ्नो लागि सिमकार्ड लिन सम्बन्धित व्यक्ति आफै जान पर्ने नियम लागू भएको छ । आफ्नो मोबाइलको सिमकार्ड लिन   सक्कल परिचयपत्र लिएर आफै गएका व्यक्तिलाई मात्रै सिमकार्ड दिन नियामक नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवा प्रदायकहरुलाई निर्देशन दिएको छ ।

आफै जान नसकेको अवस्थामा भने कानून अनुसारको वारेसनामा वा अख्तियारनामा आवश्यक पर्ने बताइएको छ । अबदेखि ती सबै प्रमाण लिएर नगएको खण्डमा सेवाप्रदायकहरुले सिम नदिने भएका छन् । सक्कल परिचयपत्रसँगै प्रतिलिपि रुजु गरी ग्राहकले भरेको फारम जाँच गरेर मात्रै सिमकार्ड उपलब्ध गराउनुपर्ने प्रधिकरणले जनाएको छ ।

अर्को व्यक्तिको परिचयपत्रका आधारमा अनाधिकृत रुपमा अरु व्यक्तिको मोबाइल नम्बर प्रयोग हुँदा बैंकिङ, इमेल, सामाजिक सञ्जाल र अन्य डिजिल सेवा तथा डाटामा पहुँच पुग्ने खतरा भएकाले यस्तो व्यवस्था गरिएको प्राधिकरणले जनाएको हो ।


कस्तो लाग्यो ?

यो पनि