बैशाख २७, २०८१, बिहीबार
               

कृषकलाई निःशुल्क फलफूलका बिरुवा वितरण

नेपाल फ्ल्यास
असार १२, २०७७

ADVERTISEMENT

पाल्पा । पाल्पाका स्थानीय तहले वर्षौंदेखि बाँझा रहेका जमीनमा फलफूल खेतीतर्फ स्थानीयवासीलाई प्रोत्साहन गर्न निःशुल्क बिरुवा उपलब्ध गराएका छन् ।

रामपुर नगरका कृषकलाई कागती १० हजार, सुन्तला एक हजार र  अमिलो जातका तीन सय बिरुवा निःशुल्क वितरण गरिएको कृषि शाखा प्रमुख रामहरि पाण्डेयले जानकारी दिए । 

आर्थिक विकास समिति संयोजक हुमनाथ न्यौपाने वनमारा र रुख बिरुवाले बाँझिन पुगेका जग्गामा कागती र सुन्तला लगाएर उत्पादन लिन सकिने भएकाले नगरले खाली जमीनमा बिरुवा लगाऔँ आम्दानीको स्रोत लिऔँ भन्ने अभियानमा लागेको बताए । 

यस्तै, रम्भा गाउँपालिकाको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक कार्यक्रमनुसार १० हजार ७३० बिरुवा कृषकलाई निः शुल्क वितरण गरिएको सूचना अधिकारी भक्तजंग रानाले जानकारी दिए । 

उक्त पालिकाले लिची, कागतीलगायत फलफूलका बिरुवा निःशुल्क वितरण गरेको हो ।  गाउँपालिकाका वडा नं १ हुँगी र ३ को पीपलडाँडा लिची उत्पादनका लागि उपयुक्त ठाउँ हुन् ।  कागती खेती सबैजसो वडामा उत्पादन हुने कृषि प्राविधिकले बताए । 

निस्दी गाउँपालिकाले मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमअन्तर्गत करीब सात हजार बिरुवा कृषकलाई उपलब्ध गराउन लागेको कृषि शाखा प्रमुख खिमराज कोइरालाले जानकारी दिए । 

त्यसैगरी, बगनासली गाउँपालिकाले कागती १४ हजार, लिची र आँप दुई/दुई हजार, सुन्तला पाँच हजार ५००, केरा एक हजार ७००, कफी ५०० र अंगुर, अम्बालगायत अन्य तीन हजार बिरुवा वितरण गर्ने कार्यक्रम राखेको कृषि शाखा प्रमुख राजेश बोहराले बताए ।

उनले भने, ‘यो क्षेत्र फलफूलमध्ये कागती र सुन्तला मुख्य उत्पादन हुने क्षेत्रका रुपमा  परिचित छ ।’

यो पनि