बैशाख १६, २०८१, आइतबार
               

दुई असई र एक प्रहरी जवान निलम्बित

नेपाल फ्ल्यास
असार १२, २०७७

ADVERTISEMENT

रौतहटमा कार्यरत प्रहरी सहायक निरीक्षक र एक जना प्रहरी जवानलाई निलम्बन गरिएको छ ।

प्रहरी चौकी औरैया रौतहटमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) ललित शाह र प्रहरी जवान दिनेश हजारालाई निलम्बन गरिएको २ नम्बर प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

वित्तिय अपराध (हुण्डी) मा संलग्न व्यक्तिलाई आर्थिक प्रलोभनमा पारि सहयोग पुर्‍याएको प्रमाणित भएपछि कारबाहीस्वरुप उनीहरुलाई प्रदेश प्रहरी कार्यालयबाट निलम्बन गरिएको हो ।

यसैबीच, प्रहरी चौकी ब्रम्हपुरी रौतहटमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) संजिव कुमार झालाई समेत निलम्बन गरिएको छ । 

प्रहरी आचरणविरुद्ध पटक–पटक सुध्रिने मौका दिँदा पनि आचरणमा सुधार नआएकाले झालाई कार्यालयबाट निलम्बन गरिएको २ नम्बर प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।


कस्तो लाग्यो ?

यो पनि