बैशाख २५, २०८१, मंगलबार
               

मृतकका परिवारले एक लाख पाउने

नेपाल फ्ल्यास
असार १२, २०७७

ADVERTISEMENT

सप्तरी । प्रदेश नं २ सरकारले सप्तरीमा चट्याङ लागेर ज्यान गुमाएका मृतक परिवारलाई एक–एक लाख रुपैयाँ दिने घोषणा गरेको छ । 

प्रदेश नं २ का भूमि, व्यवस्था कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले अविरल वर्षासँगै बिहीबार परेको चट्याङ लागेर मृत्यु भएका मृतक परिवारलाई प्रदेश नं २ सरकारले एक–एक लाख रुपैयाँ दिने घोषणा गरे । 

उनले चट्याङ लागेर मृत्यु भएकाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।  

उनले चट्याङ लागेर मृत्यु भएका महदेवा गाउँपालिकाका ६० वर्षीय छेदी ठाकुर र २७ वर्षीय बेचन यादवको परिवारसँग  घरमै गएर भेट गरी  मृतकलाई  श्रद्धाञ्जलिसमेत व्यक्त गरेका थिए । 

वर्षासँगै परेको चट्याङ लागेर बिहीबार सप्तरीको डाक्नेश्वरी नगरपालिका–९ की ३० वर्षीया ललितादेवी यादव, महदेवा गाउँपालिका २ का ६० वर्षीय छेदी ठाकुर र २७ वर्षीय बेचन यादव तथा राजगढ गाउँपालिका ३ का ४५ वर्षीय केसीलाल साहको ज्यान गएको छ । 

जसमध्ये तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने साहको गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।  


कस्तो लाग्यो ?

यो पनि