जेठ ०६, २०८१, आइतबार
               

काभ्रेमा लुटेरा र प्रहरीको जम्काभेट हुँदा गोली चल्यो

नेपाल फ्ल्यास
असार १२, २०७७

ADVERTISEMENT

काठमाडौं । काभ्रेको रोशी गाउँपालिकामा लुटेरा र प्रहरीको जम्काभेट हुँदा गोली चलेको छ । बोधिचित्त लुटपाट भएको सूचना थाहा पाएपछि गाउँमा पुगेको प्रहरीको हतियारधारी समूहसँग जम्काभेट भएको काभ्रे प्रहरीले जनाएको छ । त्यसक्रममा गोली चलेको थियो ।

प्रहरीका अनुसार बाटोमा बम जस्तो देखिने वस्तु पनि राखिएको थियो । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको र विस्तृत विवरण आउँन बाँकी रहेको प्रहरीको भनाइ छ । 


कस्तो लाग्यो ?

यो पनि