जेठ ०६, २०८१, आइतबार
               

क्वारेन्टाइनको ओढ्ने ओछ्याउने कपडा र भाँडाकुडा चोरी

नेपाल फ्ल्यास
असार १२, २०७७

ADVERTISEMENT

बाजुरा । त्रिवेणी नगरपालिका–६ पन्धारास्थित पुष्पलाल आधारभूत विद्यालयको क्वारेन्टाइनमा चोरी भएको छ । क्वारेन्टाइनमा बस्नेको लागि प्रयोग हुने ओढ्ने ओछ्याउनेदेखि खानका लागि प्रयोग हुने सामग्री चोरी भएको नगर प्रवक्ता प्रेमबहादुर थापाले बताए ।

गत असार ५ गतेदेखि खाली रहेको क्वारेन्टाइनको ढोका फोरेर भित्र रहेका सम्पूर्ण सामग्री चोरी भएको थापाले जानकारी दिए । क्वारेन्टाइनबाट कचौरा ३४ थान, थाल ३४ थान, गिलास ३७ थान, चम्चा ३९ थान, कुकुर पाँच लिटर एक थान, फराइबीन दुई थान कराइ एक थान, पुन्यूउ एक थान चोरी भएको छ ।

 यस्तै, क्वारेन्टाइनमा बस्नेका लागि खरिद गरिएका र यसअघि बस्नेले प्रयोग गरेका गद्दा ३६ थान, तन्ना चार थान, सिरक २६ थान र पिफर्म तीन वटा चोरी भएको छ । चोरी गरेको थाह पाएलगत्तै प्रहरी प्रतिवेदन तयारी पारेर खोजी कार्य थालिएको नगरपालिकाले बताएको छ ।
 


कस्तो लाग्यो ?

यो पनि