जेठ ०६, २०८१, आइतबार
               

चट्याङ लागेर ३ महिलासहित ७ जनाकाे मृत्यु

नेपाल फ्ल्यास
असार ११, २०७७

ADVERTISEMENT

काठमाडौं । बिहीबार देशकाे विभिन्न स्थानमा चट्याङ लागेर ७ जनाकाे मृत्यु भएकाे छ । प्रहरीका अनुसार बिहीबार दिनभरि फरक फरक स्थानमा लागेकाे चट्याङबाट ३ महिलासहित ७ जनाकाे मृत्यु भएकाे हाे ।  

बिहीबार चट्याङ लागेर सप्तरीमा चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक तिलक भारतीले सप्तकोसी नदीमा आज बिहान नुहाउन जाँदा कोशी पुल नजिक चट्याङ लागेर महदेवा गाउँपालिका–२ का ६० वर्षीय छेदी ठाकुर र २७ वर्षीय बेचन यादव मृत्यु भएको जानकारी दिए । यसैगरी खेतमा धान रोप्न गएको बेला चट्याङ लागेर डाक्नेश्वरी नगरपालिका–९ लछनपटीका ३० वर्षीया ललितादेवी यादव र राजगढ गाउँपालिका बेल्ही चपेनका ४५ वर्षीय केसी साहको आज नै मृत्यु भएको प्रहरी नायब उपरीक्षक भारतीले बताए। 

त्यस्तै मकवानपुरमा पनि चट्याङ लागेर दुई जना महिलाको आज मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुर बकैया गाउँपालिका–२ का बुद्ध घिसिङको १७ वर्षीया छोरी सम्झना घिसिङ र आशालाल घिसिङकी २५ वर्षीया श्रीमती विना घिसिङको रहेको प्रहरीले जनाएको छ । 

यता कपिलवस्तुको शिवराज नगरपालिका–११ थुनिहाका ४५ वर्षीय सत्यनारायण कुर्मीको पनि चट्याङ लागेर मृत्यु भएको छ । खेतमा रोपाइँ गर्न गएको बेला आज दिउँसो चट्याङ लागेर उहाँको मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दिपेश खरेलले जानकारी दिए । 


कस्तो लाग्यो ?

यो पनि