जेठ ०२, २०८१, बुधबार
               

पहिरो र डुबान हुने सम्भावित क्षेत्रमा सतर्कता अपनाउन विभागको सुझाव

नेपाल फ्ल्यास
असार ११, २०७७

ADVERTISEMENT

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले अबको तीन दिन मुलुकभर मनसुन सक्रिय हुने बताएको छ । 

यसका अलवा उसले अधिकांश ठाउँमा वर्षा पनि हुने बताएको छ । 

त्यस्तै, मौसमविद् बरुण पौडेले रातिको समयमा अझै बढी पानी पर्ने सम्भावना रहेको बताए । 

यो क्रम आगामी तीन÷चार दिनसम्म जारी रहने बताउँदै उनले आवश्यक सावधानी अपनाउन आमसर्वसाधारणसँग अनुरोध गरे ।

यसका साथै तराई र चुरिया क्षेत्रमा चट्यांको सम्भावना पनि उत्तिकै रहेको  उनले बताए । 

जल तथा मौसम विभागले डुबान हुने क्षेत्रमा सतर्कता अपनाउन पनि सुझाव दिएको छ । 

‘यसपालि प्रिमनसुन सक्रिय भएकाले पहिले नै मुलुकभर भारी वर्षा भयो , विभागले भन्यो, 'जमिन गलिसकेको हुँदा प्रारम्भिक समयमै मनसुनजन्य विपद्को ठूलो जोखिम हुन सक्छ ।’


कस्तो लाग्यो ?

यो पनि