जेठ ०३, २०८१, बिहीबार
               

काठमाडाैंमा लालटिन जुलुस प्रदर्शन

नेपाल फ्ल्यास
असार ११, २०७७

ADVERTISEMENT

काठमाडाैं । रुकुम पश्चिममा भएको दलित युवक हत्याको विरोधमा निरन्तर निस्कने जुलुस बिहीबार पनि लाल्टिन जुलुसका रुपमा काठमाडाैंमा निस्केको छ । 

सो जुलुस संयुक्त राजनीतिक दलित संघर्ष समितिले निकालेको हो ।

सरकार र न्यायलयले राम्रोसँग आँखा नदेखेकाले आँखा देखाउनका लागि लालटिन जुलुस निकाल्नु परेको सो समितिले बताएको छ ।

माइतीघरबाट सुरु भएको सो जुलुस नयाँ बानेश्वरमा पुगी कोणसभामा परिणत भएको थियो । 

जुलुसमा सहभागी पूर्वसांसद जीवन परियारले अदालतसमेत सरकारको छायामा परेकाले सोतीको घटनामा अदालतको आदेश नमान्ने बताए । यसका अलवा उनले अब नेपालको दलित समुदायले न्यायलयबाट न्याय पाउने विश्वास गुमेको बताए । 

यसका अलवा उनले शुक्रबार राजनीतिक दलका नेतालाई बोलाएर ‘सडक बहस’ गर्ने नेता बताए ।


कस्तो लाग्यो ?

यो पनि