बैशाख २०, २०८१, बिहीबार
               

सुरक्षित उडान भर्ने बुद्ध एयरको तयारी

नेपाल फ्ल्यास
असार ११, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोना संक्रमण नफैलने गरी निजी हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले आन्तरिक उडान सुरक्षित तवरले गर्ने गरी तयारी थालेको छ । एक व्यक्तिबाट अर्को व्यक्तिमा भाइरस नसर्ने गरी उडान गयारी गर्ने तयारी छ । यसका लागि बुद्ध एयरले बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा डमी उडान गरेको छ ।

सरकारले प्रतिबन्ध लगाएको आन्तरिक उडान सुचारु गर्ने निर्णय गरेसँगै आन्तरिक उडानलाई सुरक्षित तवरबाट सञ्चालन गर्न लागेको एयरका प्रबन्ध निर्देश्क विरेन्द्र बहादुर बस्नेतले जानकारी दिए । ‘अवको ४० दिनपछि हुने आन्तरिक उडानमा यात्रा गर्ने एक यात्रुबाट अर्को यात्रुमा संक्रमण नफैलने गरी उडान गर्नेछ,’ बस्नेतले भने, ‘उडानको मूल्य पनि बढ्ने छैन र यात्रुलाई पनि आफू सुरक्षित रहेको अनुभुति हुन पाउने गरी उडान हुन्छ ।’

बुद्ध एयरले एक घन्टामा ४ वटा उडान गर्नेगरी तयारी गरेको छ । साथै बुद्ध एयरले प्रत्येक उडानपछि जहाज डिसइन्फेक्सन  समेत गर्ने भएको छ । साथै बुद्ध एयरले विमानस्थलमा उडानका लागि आउने यात्रुका लागि कम्पनीले तयार पारेको कोभिड–१९ को सुरक्षा निर्देशिका र नेपाल नागरिक उड्डयन प्राधिकरणले जारी गरेको सुरक्षा मापदण्ड पनि पूर्ण रुपमा पालना गर्ने प्रतिबद्धता गरेको छ ।

उडान लागत खर्च बढेता पनि कम्पनीको अपरेशन खर्च घट्ने भएको हुँदा हवाई भाडा पनि कम हुने बस्नेत बताउँछन् । यात्राको क्रममा यात्रुले अनिवार्य रुपमा मास्कको प्रयोग गर्नुपर्नेछ । कतिपय अवस्थामा यात्रुले लगाएको मास्क यात्राको क्रममा सुहाउँदो नभएको अवस्थामा कम्पनीले नै दिने भएको छ । 


कस्तो लाग्यो ?

यो पनि