जेठ ०२, २०८१, बुधबार
               

श्रीमानको चक्कु प्रहारबाट श्रीमतीको निधन

नेपाल फ्ल्यास
असार ११, २०७७

ADVERTISEMENT

काठमाडौं । आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । 

टोखा नगरपालिका–३, बानियाँटारका कृष्णहरि बानियाँ आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका हुन् । 

श्रीमान श्रीमतीबीच विवाद हुँदा खड्काले श्रीमतीलाई धारिलो हतियारले प्रहार गरेका प्रहरीले जनाएको छ । 

विगत केही वर्षदेखि श्रीमान श्रीमतीबीच खटपट रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

मृतक श्रीमतीको शवलाई अहिले पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ ।

घटनाबारे प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि