जेठ ०२, २०८१, बुधबार
               

चट्याङ लागेर मकवानपुरमा दुई जनाको मृत्यु, एक घाइते

नेपाल फ्ल्यास
असार ११, २०७७

ADVERTISEMENT

हेटौँडा– अविरल वर्षासँगै परेको चट्याङ लागेर मकवानपुरमा बिहीबार दुई जनाको मृत्यु भएकाे छ ।

मृत्यु हुनेमा मकवानपुर बकैया गाउँपालिका–२ का बुद्ध घिसिङकी १७ वर्षीया छोरी सम्झना घिसिङ र आशालाल घिसिङकी २५ वर्षीया श्रीमती विना घिसिङको रहेको प्रहरीले जनाएको छ ।

सम्झना घरमै बसिरहेको अवस्थामा र विनाको स्थानीय दोभान स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै, चट्याङ लागेर घाइते भएका स्थानीय पूर्णबहादुर जिम्बाका १४ वर्षीय छोरा किरण जिम्बाको सो स्वास्थ्य चौकीमा उपचारको लागि भर्ना गरिएको छ ।

अविरल वर्षाले तरकारी बालीमा असर पारेको स्थानीय किसानको गुनासो छ ।


कस्तो लाग्यो ?

यो पनि