ओखलढुंगा । लिखु गाउँपालिकामा बिहीबार एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
एम्बुलेन्स दुर्घटनामा परी चालक २३ वर्षीय सुदर्शन खत्रीको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायब उपरिक्षक रुपेश खड्काले जानकारी दिए ।
लिखु गाउँपालिकाको यसमबाट गाम्नाङटार तर्फ बिरामी लिन जाँदै गरेको एम्बुलेन्स कात्तिके भीर भन्ने स्थानमा दुर्घटनामा परेको प्रहरीले जनाएकाे छ ।