जेठ ०६, २०८१, आइतबार
               

सूर्यविनायक एक गोठमा राति आगलागी : बाच्छासहित तीनवटा माउ गाई मरे

नेपाल फ्ल्यास
असार ११, २०७७

ADVERTISEMENT

भक्तपुर । भक्तपुरको सूर्यविनायकका स्थानीयको गोठमा आगलागी हुँदा तीनवटा गाई र एउटा बाच्छो मरेको छ । सूर्यविनायक नगरपालिका–८ सुपाडोल, तौडोलकी पावर्ती थापाको गोठमा बुधबार राति दुई बजेतिर अचानक आगलागी भएको हो ।

स्थानीयहरुको सहयोगमा बिहान तीन बजेतिर आगो नियन्त्रणमा लिएको थापाले बताइन् । आगलागीबाट तीनवटा माउ गाई र एउटा बाच्छो मर्दा चार लाखभन्दा बढीको क्षति भएको उनले बताइन् ।

आगलागीको कारण खुलेको छैन । तर, विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने थापाले बताइन् ।


कस्तो लाग्यो ?

यो पनि