जेठ ०६, २०८१, आइतबार
               

यात्रु ओसारपसार नगर्न यातायात व्यवसायी राष्ट्रिय महासंघको आग्रह

नेपाल फ्ल्यास
असार ११, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले बन्दाबन्दी (लकडाउन) को समयमा सार्वजनिक सवारी साधनबाट यात्रु ओसारपसार नगर्न आग्रह गरेको छ । 

महासंघका महासचिव पुण्यप्रसाद सिटौला (सरोज) ले एक विज्ञप्ति जारी गरी बन्दाबन्दी (लकडाउन) कायमै रहँदा महासंघको नाम जोडेर आफुखुशी सार्वजनिक सवारी साधन सञ्चालन गरेकोमा महासंघको ध्यानाकर्षण भएको जनाएका छन् ।  

“सार्वजनिक बसमा आफुखुशी यात्रु ओसारपसार गराउने कार्य गैरजिम्मेवार काम हो, यसको महासंघले घोर भत्र्सना गर्दछ,” विज्ञप्तीमा भनिएको छ । 

महासंघले स्वास्थ्य मापदण्डलाई समेत पालना नगरी सार्वजनिक सवारी साधन सञ्चालन गर्दा कोभिड–१९ को जोखिम हुने भएकाले यस्ता काम नगर्न सरकारलाई समेत अुनरोध गरेको छ । 

विज्ञप्तिमा सार्वजनिक सवारी साधनले मनोमानी ढङ्गले यात्रु ओसारपसार गर्दा हुने कोरोनाको संभावित जोखिमको जिम्मेवारी महासंघले नलिने समेत जनाइएको छ । 


कस्तो लाग्यो ?

यो पनि