जेठ ०६, २०८१, आइतबार
               

चट्याङ् लागेर चार जनाको मृत्यु

नेपाल फ्ल्यास
असार ११, २०७७

ADVERTISEMENT

सप्तरी । सप्तरीमा चट्याङ् लागेर चार जनाको मृत्यु भएको छ । 

बिहीबार बिहान चट्याङ् लागेर जिल्लाका छुट्टाछुट्टै ठाउँमा चार जनाको मृत्यु भएको हो ।

महदेवा गाउँपालिकामा २ जना, राजगढ गाउँपालिकामा १ जना र डाक्नेश्वरी नगरपालिकामा १ जनाको चट्याङ् लागेर मृत्यु भएको सप्तरी प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार, सप्तकोशी नदीमा नुहाउन गएका महदेवा गाउँपालिका वडा नम्बर २ का ६० वर्षीय छेदी ठाकुर र २७ वर्षीय बेचन यादवको सप्तकोशी नदी छेउमै मृत्यु भएको छ । 

डाक्नेश्वरी नगरपालिका ९ लक्षनपट्टीकी ३० वर्षीया ललितादेबी यादवको खेतमा धान रोप्न जाने क्रममा मृत्यु भएको हो ।

यस्तै, राजगढ गाउँपालिका वडा नम्बर २ बेल्ही चपेनामा खेतमा काम गर्न गएका ४६ वर्षीय केसी साहको पनि चट्याङ् लागेर मृत्यु भएको छ । 

चट्याङ् लागेर घाइते भएका उनलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बेल्ही चपेनाकै १८ वर्षीया आशा मण्डल चट्याङ लागेर घाइते भएकी छन् । उनलाई गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइएको छ ।


कस्तो लाग्यो ?

यो पनि