जेठ ०६, २०८१, आइतबार
               

आज मौसम सुधारसँगै केही स्थानमा भारी वर्षाको संभावना

नेपाल फ्ल्यास
असार ११, २०७७

ADVERTISEMENT

काठमाडैं । मौसम पूर्वानुमान महाशाखाले आजको मौसमबारे आम नागरिकलाई जानकारी दिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार दिउँसो देशभर बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको  संभावना रहेको छ ।

प्रदेश १, २, ५, बागमती प्रदेश तथा गण्डकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ । यस्तै, राती देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको संभावना रहेको छ। 


कस्तो लाग्यो ?

यो पनि