जेठ ०६, २०८१, आइतबार
               

वडाध्यक्षसहित २३ जनालाई थुनामा राख्न अदालतको आदेश

नेपाल फ्ल्यास
असार १०, २०७७

ADVERTISEMENT

रुकुमपश्चिम । रुकुमपश्चिमको चौरजहारी हत्याकाण्डका अभियुक्तमध्ये २३ जनालाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

बुधवार न्यायाधीश विद्याराज पौडेलको इजलाशले रुकुमको सोती घटनामा संलग्न रहेको आरोप लागेका चौरजहारी नगरपालिका वडा नं ८ का वडाध्यक्ष डम्मरबहादुर मल्ल र मृतम नवराज विकका प्रमिका भनिएकी युुवतीका बाबुसहित २३ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।

युवतीकी आमालाई १ लाख धरौटीमा छाड्न तथा अभियुक्तहरू इन्द्रबहादुर मल्ल, तुलबहादुर मल्ल र दिपेन्द्र चन्दलाई भने साधारण ताखेरमा छोड्न आदेश दिएको छ।

अदालतले यसअघि १७ वर्षीया किशोरी र उनका भाइलाई नाबालक भएको हुँदा सुधार गृहमा पठाउन आदेश दिएको थियो।

रुकुमको चौरजहारी नगरपालिका–८ सोतीमा एक महिनाअघि भएको घटनामा जाजरकोटका पाँच र रुकुम पश्चिमका एक गरी ६ जनाको ज्यान गएको थियो । उक्त घटनामा ३४ जना विरुद्ध ज्यान मार्ने उद्योग, कर्तव्य ज्यान र छुवाछुत विरुद्धको कसुरमा अदालतमा मुद्दा दायर भएको थियो । ३४ जना अभियुक्तमध्ये ५ जना अझै फरार छन् ।

यो पनि