बैशाख २४, २०८१, सोमबार
               

बाजुरामा जिप दुर्घटना हुँदा १४ घाइते दुईको अवस्था गम्भीर

नेपाल फ्ल्यास
असार १०, २०७७

ADVERTISEMENT

जिप दुर्घटनामा १४ जना घाइते भएका छन् ।

बाजुराको बुढीगङ्गा नगरपालिकाको फालासैन बजारमा जिप दुर्घटना हुँदा १४ जना घाइते भएका हुन् । 

से. १ ज १०१९ नंको जिप फालासैन बजारबाट सेराबजार आउन लागेको समयमा दुर्घटना भएको बताइएको छ । 

दुईजनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि अछामको बयालपाटा अस्पतालमा  सिफारिस गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

अन्य १२ जनाको स्थानीयस्तरमा उपचार भइरहेको जनाइएको छ ।


कस्तो लाग्यो ?

यो पनि