बैशाख २२, २०८१, शनिबार
               

ज्ञापनपत्र बुझाउन प्रधानमन्त्री निवास गएकाहरुमाथि लाठीचार्ज

नेपाल फ्ल्यास
असार १०, २०७७

ADVERTISEMENT

काठमाडौं । ज्ञापनपत्र बुझाउन बालुवाटार प्रधानमन्त्री निवास गएका दशजनालाई प्रहरीले पक्राउ गरेको छ । 

संयुक्त दलित राजनीतिक संघर्ष समितिका तर्फबाट ज्ञापनपत्र बुझाउन प्रधानमन्त्री निवास बालुवाटार गएका सांसद लक्ष्मी परियारसहित दश जनालाई प्रहरीले पक्राउ गरेको हो । 

त्यस क्रममा उनीहरुलाई प्रहरीले लाठीचार्ज पनि गरेको छ । 

पक्राउ पर्नेमा पूर्वसांसद जीवन परियारसहित सुनिता मरिक ‘डोम’, दुर्गा बराइली, राजकुमार हिङमाङ, शर्मिला बागचन्द, शोभा सेन्चुरी, नानीमाया पुर्कोटी, हिक्मत महरा, लक्ष्मी थापा र राम नेपाल रहेको बताइएको छ । 

ज्ञापनपत्र बुझाउन पुग्दा प्रधानमन्त्री निवासको गेटमा प्रहरीले उनीहरुलाई लाठीचार्ज गरेको बताइएको छ । 


कस्तो लाग्यो ?

यो पनि