जेठ ०७, २०८१, सोमबार
               

ललितपुरमा सापटी रकम लिन बोलाएर बलात्कार

नेपाल फ्ल्यास
असार १०, २०७७

ADVERTISEMENT

सापटी रकम लिन बोलाएर बलात्कार गरेको आरोपमा ललितपुरमा एकजना पक्राउ परेका छन् ।

२५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुर महानगरपालिका–१४ तिखेदेवल बस्ने महोत्तरी मगहा नगरपालिका–२ का ३५ वर्षीय लालबाबु सदालाई प्रहरीले पक्राउ गरेको हो ।

गत जेठ २७ गते ती महिलालाई ललितपुर महानगरपालिका–१४ महालक्ष्मीस्थानस्थित निर्माणाधीन घरमा सापटी रकम लिन बोलाई जबरजस्ती करणी गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि