असोज ०७, २०८१, सोमबार
               

एसईईको नतिजा प्रकाशनका लागि यस्तो छ कार्यविधि

नेपाल फ्ल्यास
असार १०, २०७७

ADVERTISEMENT

काठमाडौं ।  एसईईको नतिजा प्रकाशनका लागि कार्यविधि ‘२०७७’ जारी भएको छ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईई कक्षा १० ‘विद्यार्थी नतिजा, प्रकाशन तथा प्रमाणीकरण कार्यविधि २०७७ जारी गरेको हो ।

कोरोना भाइरसको महामारीका कारण स्थगित भएको परीक्षालाई सम्बन्धित विद्यालयको आन्तरिक मूल्यांकनलाई आधार बनाई नतिजा प्रकाशन गर्न बोर्डले सो कार्यविधि जारी गरेको छ ।

विद्यार्थीको अन्तिम मूल्यांकनका लागि सम्बन्धित प्रधानाध्यापकको संयोजकत्वमा समिति गठन गर्ने र परीक्षाफल प्रकाशन नगरेसम्म गोप्य राख्नुपर्ने उक्त कार्यविधिमा उल्लेख छ ।

यसरी मूल्यांकन गर्दा संवत् २०७६ को कूल पूर्णांकको सैद्धान्तिक र प्रयोगात्मक गरी पहिलो त्रैमासिकको १०, दोस्रोको ३० र तेस्रो त्रैमासिक परीक्षाको ६० प्रतिशत अंकभार दिइ ग्रेड निर्धारण गर्नुपर्नेछ ।

कार्यविधिमा स्थानीय तहको सहजीकरणमा जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइले विद्यालयका त्यस्ता मूल्याङकन विवरणलाई सङ्कलन गरी सक्कल प्रति परीक्षा नियन्त्रण कार्यालयलाई पठाउन भनिएको  छ । कार्यविधि थाहा पाउँन यहाँ क्लिक गर्नुहोस् :

https://drive.google.com/file/d/1ZbIwbJKJZDfTVBInWWuYNayHtNGVhFXW/view


कस्तो लाग्यो ?

यो पनि