काठमाडौं । काठमाडौंमा मंगलबार बेलुका माइतीघरदेखि नयाँ बानेश्वरसम्म सिठी र्याली भएको हो ।
रुकुमको सोतीमा दलित युवकसहित ६ जना मारिएको घटनाको विरोधमा संयुक्त राजनीतिक दलित संघर्ष समितिले सो र्याली गरेको हो ।
११ जेठदेखि नै माइतीघरमा नियमितजसो भइरहेको विरोध मंगलबार पनि भएको हो ।
अन्तरजातीय विहे गर्न जाँदा केटीका आफन्तको कुटपिटबाट मारिएका नवराज विश्वकर्मा र उनका पाँच साथीको हत्यामा संलग्नलाई कडा सजायको मागका लागि गरिएको र्यालीकर्ताले बताएका छन् ।