जेठ ०५, २०८१, शनिबार
               

इन्गेजमेन्टको अघिल्लो दिन श्वेताले गरिन् आत्महत्या, पूर्वप्रेमी पक्राउ

नेपाल फ्ल्यास
असार ०९, २०७७

ADVERTISEMENT

विराटनगर । इन्गेजमेन्ट हुने अघिल्लो दिन विराटनगरमा २४ वर्षीया युवतीले आत्महत्या गरेकी छिन् ।

उदयपुर बेलका नगरपालिका–२ निवासी २४ वर्षीया श्वेता पोखरेलले आइतबार साँझ झुण्डिएर आत्महत्या गरेकी हुन् ।

बाबुआमाको सहमति अनुसार विराटनगर–३ का २८ वर्षीय युवकसँग उनको विवाह हुने तय भएको थियो ।

उनले आत्महत्या गर्नुको भित्री रहस्य सार्वजनिक भएको छ । उक्त रहस्य सार्वजनिक भएपछि उनको परिवारले आत्महत्या नभएर 'आत्महत्या दुरुत्साहन' भएको भन्दै किटानी जाहेरी दिएको छ ।

मृतककी बहिनी सरीता पोखरेलको जाहेरीका आधारमा आत्माहत्या दुरुत्साहन गरेको आरोपमा प्रहरीले सुन्दरहरैंचा–१० का सबिन पराजुलीलाई नियन्त्रणमा समेत लिईसकेको छ ।

उदयपुरकी स्वेता विराटनगर–३ मा कोठा लिएर महेन्द्र मोरङ क्याम्पसमा अध्ययन गर्दै आइरहेकी थिइन् । उनी सौर्य बचत तथा ऋण सहकारी संस्थामा कार्यरत समेत थिइन् ।

घटनाको कारण

स्वेता तीन वर्षदेखि मोरङ सुन्दरहरैंचा–१० निवासी सविन पराजुलीसँग प्रेम सम्बन्धमा थिइन् ।

दुवैजना महेन्द्र मोरङ क्याम्पसमा अध्ययनरत थिए ।

विवाह गर्नका लागि स्वेताले आफ्ना प्रेमी सविनसँग बारम्बार आग्रह गरिन् ।

तर, सबिनले उनीसँग तत्काल विवाह गर्न मानेनन् ।

त्यसपछि श्वेताले परिवारसँगको सल्लाहमा (दोस्रो केटासँग) मागी विवाह गर्ने निर्णयमा पुगिन् ।

असार १४ गते विराटनगरका २८ वर्षीय युवक र स्वेताबीच विवाह गर्ने तय भयो । त्यसअघि (असार ८ गते) सोमबार इन्गेजमेन्ट गर्ने (दुई परिवारबीच) तय भयो ।

पूर्वप्रेमीले स्वेताको इन्गेजमेन्ट र विवाह हुन लागेको कुरा थाहा पाए । उनले श्वेताको विवाह भाँड्ने योजना बनाए ।

प्रेमसम्बन्धमा रहँदा आफूसँगै बिताएका स्वेताका फोटो, भिडियो उनले सामाजिक सञ्जालमा शेयर गर्न थाले । 

श्वेताको विवाह हुँदै गरेको घरसम्म तथा हुनेवाला श्रीमानसम्म पनि स्वेताको फोटोहरु पुग्यो ।

स्वेतामाथि दबाब

इन्गेजमेन्टको अघिल्लो दिनसम्ममा श्वेतामाथि सबिनले निकै दबाब दिएको परिवारले आरोप लगाएको छ । 

आफ्नो फोटोहरु सार्वजनिक भएपछि श्वेताले यूएईमा रहेकी दिदीलाई सबै कुरा बताएकी थिइन् । दिदीले 'केही हुँदैन, चुप लागेर विवाहको तयारीमा जुट्न' आग्रह गरेकी थिइन् । श्वेताले दिदीलाई भनेकी थिइन्, 'मेरो जीवनमा के आइलाग्यो, मर्छु क्यारे !'

विवाह हुने तय भएका युवकले समेत श्वेतालाई 'प्रेमीसँग यतिधेरै माया साटिसकेको रहेछ, अब हामी विवाह नगरौं' भन्ने सल्लाह दिएको बताइएको छ । 

आफूलाई सम्हाल्न नसकेपछि आइतबार साँझ स्वेताले आतमहत्याको बाटो रोजेकी हुन् । 

परिवारले दिएको जाहेरीका आधारमा आरोपित युवकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको मोरङ प्रहरीका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए । 

मृतक श्वेताकी बहिनी सरीताले दिएको जाहेरीमा 'सबिनसँगको प्रेम सम्बन्ध, प्रेम सम्बन्ध विवाहमाा बाँधिन नसकेपछि दोस्रो विवाह तय र त्यसपछि पुनः सबिनले दिएको दबाब'को विषय उल्लेख छ । 

यो पनि