बैशाख १८, २०८१, मंगलबार
               

बारामा दुर्घटना हुँदा दुई जनाको मृत्यु

नेपाल फ्ल्यास
असार ०८, २०७७

ADVERTISEMENT

बारा । बाराको बंगेरी पुल नजिकै ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । निजगढ नगरपालिका वडा नम्बर १० का ३४ वर्षीय डम्बर लामा र सोही ठाउँ बस्ने ४० वर्षीय रामबहादुर मोक्तानकाे मृत्यु भएकाे हाे । 

जितपुर सिमरा उपमहानगररपालिका–१६ स्थित पूर्वपशिचम राजमार्ग अन्तर्गत बंगरी पुल नजिकै ना ४ ख ८१६५ नम्बरको ट्रकले बा ५२ प ३९९० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ठक्कर दिने ट्रक र चालकलाई नियत्रणमा लिएको तथा घटनाको समबन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ । 


कस्तो लाग्यो ?

यो पनि