असोज ०६, २०८१, आइतबार
               

जब मन्त्री सहभागी मिटिङमा अश्‍लील भिडियो प्ले भयो

नेपाल फ्ल्यास
असार ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । कोराना महामारीका कारण नेपालमा प्रविधिको प्रयोग अधिक बढ्दै गएको छ । 

पछिल्लो सयम अनलाइन पढाइ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भर्चुअल मिटिङ, मन्त्रालयगत मिटिङजस्ता कार्य बढ्दै गइरहेका छन् । 
प्रविधिको प्रयोगका दृष्टिले यो राम्रो पक्ष पनि हो ।

यसरी भर्चुवल मिटिङ गर्दा समय व्यवस्थापन हुने भए पनि यो सुरक्षा र अनधिकृतमा सूचना चुहावटलगायत अन्य कारणले यो असुक्षित छ भन्ने कुरा नेपाल पर्यटन बोर्डले पर्यटनसँग सम्बन्धित भएर गरेको भर्चुवल बैठकमा घटेको घटनाले देखाउँछ । 

सोमबार दिउँसो संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई प्रमुख अतिथि रहेको बैठक सञ्चालन भइरहेका बेला एक्कासि पोर्न भिडियोको आवाज बज्यो । 

बैठकमा यस्तो आवाज आएसँगै एडमिडरले सो भिडियो काटेका थिए । 

पछि खोज्दै जाँदा पत्ता लाग्यो कि सो भिडियो अनधिकृत रुपमा भर्चुअल मिटिङमा प्रवेश गरेका ‘ह्यारिस’ नामको आइडीबाट यस्तो गतिविधि भएको रहेछ । 

प्रविधिसँग जोडिएको यो एक प्रतिनिधि घटना मात्र हो । यसका अलाव सञ्चारका अन्य प्रोग्राम उपयोग गर्ने क्रममा यस्ता घटना हुने गरेका छन् । 

यसले नेपालमा प्रविधिको प्रयोग कतिसम्म सुरक्षित छ भन्ने प्रश्न उठाएको छ । 

पछिल्लो सयम अनलाइन कक्षा सञ्चालन भइरहेका छन् । अभिभावक नभएको बेला वा अभिभावकसँगै बसेर अनलाइन क्लास लिरहेको अवस्थामा यस्तै घटना भएमा बालमष्तिष्कमा के छाप पर्ला ?

तसर्थ प्रविधिको प्रयोग गर्दा आउने यसखालका विकृतिजन्य कुराबारे सोच्नुपर्ने बेला आएको छ । 

यो पनि