जेठ ०४, २०८१, शुक्रबार
               

प्रदेशसभा बैठक स्थगित

नेपाल फ्ल्यास
असार ०८, २०७७

ADVERTISEMENT

विराटनगर । प्रदेश नं.१ को प्रदेशसभाको बैठक आज स्थगित भएको छ । सभामुख प्रदीपकुमार भण्डारीले शून्य समयको कार्यक्रम प्रारम्भ गर्न लाग्दा प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका सांसदहरुले विरोध जनाएपछि स्थगित भएकाे हाे । 

नेपाली काँग्रेसका प्रमुख सचेत केदार कार्कीले संसद्मा उठेका प्रश्नहरुको मुख्यमन्त्री शेरधन राईले जवाफ दिनुपर्ने नभए संसद् चल्न नदिने बताए । उनले सरकारले कोरोना उपचार, रोकथाम एवं नियन्त्रणमा गरेको खर्च सार्वजनिक गर्नुपर्ने माग गरे ।

सचेतक कार्कीले प्रदेश सरकारको सचिव काठमाडौँ जाँदा प्रमुख जिल्ला अधिकारीसँग अनुमति पत्र लिनुपर्ने कुराको विरोध गरे । सरकारले यसै अधिवेशनमा प्रदेशको नामकरण गर्नुपर्ने र सार्वजनिक यातायात व्यवसायी तथा मजदुरहरुको समस्यालाई उचित सम्बोधन हुनुपर्ने माग गरे ।

असार ९ गते दिउँसो १ बजे संसद्को अर्को बैठक बस्ने गरी स्थगित भएकाे हाे । 


कस्तो लाग्यो ?

यो पनि